Logo

नेपाल जेसीजको अध्यक्षमा पोख्रेल निर्वाचित, अन्य पदमा को-को भए निर्वाचित ?

नेपाल जेसीजको अध्यक्षमा पोख्रेल निर्वाचित, अन्य पदमा को-को भए निर्वाचित ?



काठमाडौं । । नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोख्रेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु) ,सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचीव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL