Logo

एलआईसी नेपालविरुद्ध धितोपत्र बोर्डमा उजुरी, इन्साइडर ट्रेडिङमा छानविन माग

एलआईसी नेपालविरुद्ध धितोपत्र बोर्डमा उजुरी, इन्साइडर ट्रेडिङमा छानविन माग



काठमाडौं । एलआईसी नेपालका विरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । हकप्रद सेयरका नाममा इन्साईडर ट्रेडिङ गरेको भन्दै कम्पनीको उच्च ब्यवस्थापन र संचालक समितिमाथी छानबिन गरि कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

पुस १ गते बोर्डमा ७१४५ नम्बरमा उजुरी दर्ता भएको छ । कुमार बहादुर आचार्यले दर्ता गरेको उजुरीमा विभिन्न ८ बुदामा इन्साइडर कारोबार गरेको दावी गरिएको छ ।

कम्पनीको उच्च ब्यवस्थापन र संचालकहरुले हकप्रदका नाममा ३२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर १८ सय रुपैयाँसम्म पुर्याएको भन्दै त्यसको विवरण समेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL