Logo

अर्थमन्त्री र सिएनआईका पदाधिकारीबीच भेट,निर्यात वृद्धिका लागि हातेमालो गर्ने

अर्थमन्त्री र सिएनआईका पदाधिकारीबीच भेट,निर्यात वृद्धिका लागि हातेमालो गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले मन्त्रालयको कार्यकक्षमा भेट गरी बधाइ ज्ञापन दिएका छन् । परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले हाल अर्थ व्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यूनआर्थिक वृद्धिजस्ता संरचनात्मक जटिलता रहेकाले यी क्षेत्रमा मन्त्रालयले ध्यानदिनु पर्ने धारणा राखेको थियो ।

साथै अध्यक्ष शर्माले मुलुकको औद्योगिक तथा व्यवसायिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण एवं नियमहरु ज्तिसक्दो चाँडो संसदबाट पारित गर्ने र एण्टी डम्पिङ तथा काउन्टर भेलिङ जस्ता नयाँ ऐनहरु निर्माण अपरिहार्य रहेको बताए ।

सो अवसरमा अर्थमन्त्री महराले मुलुकमा लगानीमैत्री वातावरण सृजना गर्न, औद्योगिक क्षेत्रका चुनौतिहरु व्यवस्थापन गर्न, गार्हस्थ बचत बढाउँदै लैजान तथा सेवा क्षेत्रको प्रवद्र्धन गर्न एवं आयात प्रतिस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।

साथै निर्यात वृद्धि गर्न निजी क्षेत्रसँगहातेमालो गरी सरकारले थप नीतिगत सुधार गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्