Logo

कलंकी–नागढुंगा सडक विस्तार रोक्न सर्वोच्चको आदेश, विस्तारबाट स्थानीयलाई क्षती हुने

कलंकी–नागढुंगा सडक विस्तार रोक्न सर्वोच्चको आदेश, विस्तारबाट स्थानीयलाई क्षती हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक विस्तार हाललाई रोक्न आदेश दिएको छ । अदालतले स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आइतवार सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति भन्दै तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको हो । ‘सो क्षेत्रको सडक विस्तारले त्यहाँका व्यक्तिको स्थायी संरचना अपूरणीय क्षति हुनेहुँदा अर्को आदेश नहुँदासम्म नगर्नु नगराउनु’ आदेशमा भनिएको छ ।

सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहित ४७ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सडक विस्तार विस्तार हुँदा प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न निवेदनमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्