Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद, अनुसन्धानका लागि प्रहरीलाई जिम्मा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद, अनुसन्धानका लागि प्रहरीलाई जिम्मा



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद भएको छ । अमेरिकाबाट आउँदै गरेको १ सय ८ कार्टुनमा प्याक गरेर ल्याईएको शुक्रबार राती विमानस्थल भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन् ।

उक्त गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ । यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल आउने गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL