Logo

सुन–चाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

सुन–चाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?



काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर एक लाख १९ हजार एक सय रुपैयाँमा किनबेच भइरहको छ । बिहीबार यसको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, शुक्रबार जेजावी सुनको मूल्य पनि बढेको छ । यस दिन तेजावी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै बढेको महासंघले जानकारी दिएका छ । आज जेजावी सुन तोलाको एक लाख १८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरएको छ । बिहीबार यसको मूल्य तोलाको एक लाख १८ हजार दुइ सय ५० रुपैयाँ थियो ।

यसैयरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुत्रबार चाँदीको मूल्य बिहीबारको तुलनमा ताेलाकाे १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको एक हजार ४ सय ५५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्