Logo

पूर्व ऋण असुली अधिकृत ढुंगानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर,१ करोड ९६ लाख बिगो दावी

पूर्व ऋण असुली अधिकृत ढुंगानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर,१ करोड ९६ लाख बिगो दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुंगानाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीआइतबार विशेष अदालत काठमाडौंमा मुुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन ऋण असुली अधिकृत ढुंगानाले १ करोड ९६ लाख ८२ हजार २ सय ४५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

कर्मचारी रहँदा पेश गरेको सम्पत्ति विवरण तथा अनुसन्धानका क्रममा लिइएको बयानबाट ढुंगानाको आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमित भएको पुष्टि भएको हो ।

अख्तियारले ढुंगाना र उनकी श्रीमती कौशिलाविरुद्ध दायर गरेको अभियोेग पत्रमा १ करोड ९६ लाख ८२ हजार २४५ रुपैयाँ बिगो कायम गरेको छ । साथै भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५। १६ ९ग तथा दफा २९ तथा प्रचलित ऐन २०५९ को दफा २० ९२० बमोजिम विगो जरिबाना र कैद सजय माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्