Logo

काठमाडौं महानगरपालिकाको निर्णय सर्वाेच्चद्वारा वदर, व्यापारिक भवनको पार्किङ शुल्क आफुखुसी तोक्न पाईने

काठमाडौं महानगरपालिकाको निर्णय सर्वाेच्चद्वारा वदर, व्यापारिक भवनको पार्किङ शुल्क आफुखुसी तोक्न पाईने



काठमाडौं । अब व्यापारिक कम्प्लेक्सहरुले आफुखुसी पार्किङ शुल्क लिन पाउने भएका छन् । सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरेसँगै अब निजी कम्पनीहरुले पार्किङशुल्क आफुअनुकुल लिन पाउने भएका हुन् ।

काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मा व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । त्यस्तै व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले लिन पाउने शुल्क पनि महानगरपालिकाले नै तोकिदिएको थियो । त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको थियो ।

उक्त रिटमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासले काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२(४) र अनुुसूची ११(क) का केही व्यवस्थाहरु संविधानसँग बाझिएको भन्दै खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL