Logo

एकैदिन २८ सयले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

एकैदिन २८ सयले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि



काठमाडौं । यो हप्ता लगातार घटिरहेको सुनको मूल्य नेपाली बजारमा पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढ्दै १४ सय ५५ रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको थियो । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रति औंस २ हजार ३१ डलरमा कारोबार भईरहेको छ । बुधबार विश्व बजारमा सुनको मूल्य एकैदिन करिव ६० डलरले उत्तारचढाव भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्