Logo

फोन पेको नयाँ अध्यक्षमा बैंकर शशिन जोशी नियुक्त, बाहिरिए विश्वास ढकाल

फोन पेको नयाँ अध्यक्षमा बैंकर शशिन जोशी नियुक्त, बाहिरिए विश्वास ढकाल



काठमाडौं । ‘एफवान सफ्ट’ इन्टरनेशनलको भगिनी संस्था फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । राष्ट्र बैंकसामु बुधबार जोशीले सपथ लिएका हुन ।

फोन पेका अध्यक्ष बनेका जोशी पुर्व बैंकर हुन । उनले ३२ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले सुरुमा नेपाल अरब बैंकबाट काम सुरु गरेका थिए । उनी सोही बैंक अर्थात् हालको नबिल बैंकबाट नै बैकिङ क्षेत्रबाट बिदा लिएका थिए । उनी नबिल बैंकको कार्यकारी अधिकृत (सिईओ) बाट २०७४ फागुनमा बाहिरिएका थिए।

त्यसपछि उनी बैंकिङ क्षेत्रमा फर्किएका छैनन् । नबिल बैंकभन्दा अगाडी उनले एनआईसी एसिया बैंकमा साढे १२ वर्ष सीईओ भएर काम गरेका थिए ।

यसअघि फोन पेको अध्यक्षमा विश्वास ढकाल थिए । ढकाल उक्त कम्पनीबाट बाहिरिए पछि जोशीलाई कम्पनीको अध्यक्षमा नियुक्त गरिएको हो ।

ढकालले एफवान सफ्ट अन्तर्गतका ईसेवा, फोन पे लगायतका कम्पनीको अध्यक्षता गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL