Logo

आज राजिनामा दिँदै योजना आयोगका उपाध्यक्ष डा. खतिवडा, को आउँदै छ नयाँ ?

आज राजिनामा दिँदै योजना आयोगका उपाध्यक्ष डा. खतिवडा, को आउँदै छ नयाँ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । सरकार परिवर्तनसँगै डा. खतिवडाले आज राजिनामा दिन लागेका हुन् ।

आज केही समय पछि उपाध्यक्ष डा. खतिवडाको प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट कार्यक्रम रहेको र सोही भेटमा राजिनामा दिने एक अधिकारीले एक उच्च अधिकारीले जानकारी दिए । ‘डा. खतिवडाले आज राजिनामा दिने भन्नुभएको छ,’ ती अधिकारीले भने, ‘तर, कुन बेला दिनुहुन्छ थाहा छैन ।’

डा. खतिवडाले पनि आज प्रधानमन्त्रीसँग भेटका लागि समय लिएको बताए । ‘प्रधानमन्त्रीसँग भेटका लागि समय लिएको छु,’ उनले भने, ‘प्रधामन्त्रीसँगको छफलफल पश्चात राजिनामाको कुरा आउँछ ।’

केपी ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. खतिवडा सहित अन्य ७ सदस्यको नियुक्ती भएको थियो । जसमा एमालेको कोटामा ३, माओवादी २, राप्रपा नेपाल १ र फोरम लोककान्त्रिकबाट १ जनाको नियुक्ती भएको थियो ।

उपाध्यबाट डा. खतिवडाले राजिनामा दिएसँगै नयाँ उपाध्यक्ष नियुक्तीको लागि दौडधुप चलेको छ । जसका लागि राष्ट्रिय बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसी सो दौडको अग्रपंतिमा रहेका छन् । यसैगरी केपी ओली सरकारमा माओवादीबाट आयोगको सदस्यमा नियुक्त भएकाहरु पनि उपाध्यक्षको दौडमा रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL