Logo

कार्यकाल सकिन १५ महिना बाँकी हुँदै आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजिनामा

कार्यकाल सकिन १५ महिना बाँकी हुँदै आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजिनामा



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय स्रोतका अनुसार उनले आजै मन्त्रालयमा राजिनामा पेश गरेका हुन् ।

उनको कार्यकाल २०८१ फागुनमा मात्रै पुरा हुने भएपनि कार्यकाल १५ महिना बाँकी हुँदै पदबाट राजिनामा दिएका छन् । उनी २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। उनले १५ महिना अगाबै पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL