Logo

ठमेलको नर्सिङहचोकको आगलागी नियन्त्रणमा, ८० लाख बराबरको क्षति

ठमेलको नर्सिङहचोकको आगलागी नियन्त्रणमा, ८० लाख बराबरको क्षति


बिजखबर संवाददाता
0
Shares

काठमाडौंको ठमेलस्थित नर्सिङह चोकमा आइतवार विहान पौने १० बजे आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो ।

श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०/८० लाख मूल्य बराबरको क्षति भएको बताइएको छ । दमकल र सोह्रखुट्टे प्रहरीको सहयोगमा २० मिनेटभित्र नियन्त्रणमा लिइएको बताइएको छ । आगो निभाउन जुद्ध वारुण यन्त्रका दमकमल, नेपाली सेना, प्रहरी र स्थानीयबासी खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्