Logo

५७ अर्ब बक्यौता उठाउन राजस्वको अन्तिम प्रयास, भुक्तानी रोकादेखि पक्राउसम्म गरिने

५७ अर्ब बक्यौता उठाउन राजस्वको अन्तिम प्रयास, भुक्तानी रोकादेखि पक्राउसम्म गरिने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षलाई बक्यौता रकम उठाउनका लागि फोकस गर्ने भएको छ । लामोसमयदेखि ठूलो रकम बक्यौता रहेकाले चालू आवमा घोषणापत्रमै समावेश गरेर उठाउन लागिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए ।

शर्माका अनुसार हालसम्म झण्डै ५७ अर्ब रुपैयाँ बक्यौता रकम रहेको छ । गत आवमा बक्यौता रकम मिलान गर्नका लागि कर पछ्र्यौट आयोगमार्फत अवसर दिँदा पनि चुक्ता नगरेपछि हँदैसम्मको कारवाही गरी बक्यौता उठाउन लागिएको हो । ‘चालू आवमा बक्यौता राख्ने करदाताहरुको अभिलेख राखी असुलीको प्रक्रियालाई तिब्रताका साथ अघि बढाउने छौं,’ शर्माले भने, ‘त्यसो गर्दा पनि तिरेनन् भने अन्तिम तहसम्मको कारवाही गरिने छ ।’ जसअन्तरगत करदाताहरुको खाता रोका गरी भुक्तानी रोक्नेदेखि प्रहरी लगाएर पक्राउगरी गरी थुनामा समेत राखिने छ ।

bizkhabar_irda

मुद्दामामिलामा गएका वाहेक चालू आवमा सवै रकम उठाइने समेत उनले जानकारी दिए । ‘मुद्दामा गएकाको हकमा आन्तरिक राजस्व विभागले हर्न मिल्दैन,’ उनले भने, ‘त्योभन्दा बाहेकका बक्यौता प्रहरी लगाएर भएपनि उठाइने छ ।’ यो वर्ष हालसम्म कायम भएको पछ्र्यौट हुन बाँकी बेरुजुमध्ये कम्तीमा ७५ प्रतिशत रकम असुली गरिने समेत उनको दावी छ ।

यसैगरी विभागले चालू आवदेखि सवै सरकारी निकायहरुलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरिने भएको छ । ‘प्यान फर अल’को सिद्धान्त अनुरुप सवै निकायमा प्यान लागू गरी भुक्तानीको स्रोतमा कर कट्टा गरेको रकमलाई विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्ने व्यवस्था गरिने भएको छ ।

यसैगरी, कर चुहावट नियन्त्रण गर्ने उद्देश्य अनुरुप तोकिएका करदाताहरुमा इलोक्ट्रोनिक क्यास रजिष्ट्रर कार्यान्वयनमा ल्याइने भएको छ । यस्तै विद्युतिय प्रणालीबाट बिजकको प्रयोग बढाउने प्रयोजनका लागि डिपार्टमेन्टल स्टोर र व्यसायीक संरचनामा रहेका करदाताले अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्ने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयमा ल्याइने भएको छ ।

विभागले कर प्रशासनलाई चुस्तदुरुस्त बनाइने लक्ष्यअनुरुप राजस्व उठाउने प्रतिवद्धता अनुरुप २१ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्