Logo

सुनको मूल्य पुनः घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

सुनको मूल्य पुनः घट्यो, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । पछिल्लो समय लगातार घटेको सुनको मूल्यले आज पनि ओरालो यात्रा तय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १७ हजार रुपैयाँमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आईतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्