Logo

गणपति लघुवित्तको दुलेगौंडा शाखाद्वारा मृतक कर्मचारीका परिवारलाई बीमा रकम भुक्तानी

गणपति लघुवित्तको दुलेगौंडा शाखाद्वारा मृतक कर्मचारीका परिवारलाई बीमा रकम भुक्तानी



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई बीमा रकमसहित थप सहयोग गरेको छ ।

संस्थाको शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको मिति २०८० साल साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि उनले पाउने बीमाबापतको १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी ११ लाख ३४ हजार रुपैयाँ संस्थाले प्रदान गरेको हो ।

संस्थाले आईतबार स्वर्गिय सुरज गिरीको परिवारलाई संस्थाको केन्द्रीय कार्यालय दुलेगौंडा तनहुँमा एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालमार्फत चेक रकम हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL