Logo

त्रिभुवन विमानस्थलबाट थप ६ किलो सुन बरामद, २ जना विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट थप ६ किलो सुन बरामद, २ जना विदेशी नागरिक पक्राउ



काठमाडौं। त्रिभुवन विमानस्थलबाट शनिबार राति थप ६ किलो सुन बरामद गरिएको छ । दुवईबाट नेपाल आएका दुुई यात्रुलाई विमानस्थल भन्सार कार्यालयले अवैध सुन ल्याएको आरोपमा पक्राउ गरेको हो । दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको थियो ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा राति साढे १२ बजे काठमाडौं आइपुगेका इजिप्टका नगारिक सेरिफ मोहम्मद मोहम्मद लाशिनको साथबाट सो परिमाणको तरल सुन फेला परेको बताइएको छ ।

उनले लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो। विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

ए २४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ। यसअघि २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्