Logo

भद्दा क्रिसमसमा बालेनको एक्सन, प्लास्टिकका रुख विक्री वितरण र सजावटमा रोक

भद्दा क्रिसमसमा बालेनको एक्सन, प्लास्टिकका रुख विक्री वितरण र सजावटमा रोक



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रिलगायत प्लास्टिकजन्य वस्तुको प्रयोग गर्न निषेध गरेको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले क्रिसमसमा यस्ता वस्तुहरुको प्रयोगलाई निरुत्साहन गर्न निर्देशन दिएको हो । यसअघि महानगरपालिकाले तिहारमा पनि प्लास्टिकका फूलमाला विक्री वितरणमा रोक लगाएको थियो ।

हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्