Logo

उद्योगीले दिए प्रधानमन्त्रीलाई शुभकामना,कृषि क्षेत्रको विकासका लागि काम गर्ने सरकारको प्रतिवद्धता

उद्योगीले दिए प्रधानमन्त्रीलाई शुभकामना,कृषि क्षेत्रको विकासका लागि काम गर्ने सरकारको प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको बताउँदै आर्थिक क्षेत्रमा गुणात्मक प्रगति गर्ने विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए । सो अवसरमा उद्योगी व्यवसायीले निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कृषि क्षेत्रका विज्ञ तथा एवम् कर्मचारीले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरूले मुलुकको प्रमुख आर्थिक वृद्धि र आम मानिसको जीविकोपार्जनको क्षेत्र भएकाले त्यसलाई अगाडि बढाउन सरकारको विशेष साथ र सहयोग रहनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा सरकारले पूर्ण क्षमताका साथ काम गर्ने र विज्ञको सुझावलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्