Logo

युनिलिभरको प्योर इट वाटर फिल्टर बजारमा, मूल्य १४ हजार ५ सय र १७ हजार ५सय

युनिलिभरको प्योर इट वाटर फिल्टर बजारमा, मूल्य १४ हजार ५ सय र १७ हजार ५सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय कम्पनी युनिलिभरको प्योर इट ब्राण्डका वाटर फिल्टर विक्री वितरण गर्दै आएको सिएफएस ट्रेडर्सले थप नयाँ आधुनिक रो फिल्टरहरु नेपाली बजारमा ल्याएको छ।

कम्पनीले ल्याएको रो फिल्टरले पानीलाई पूर्ण विद्युतिय पद्धतिवाट पानी शुद्धिकरण गर्ने बताइएको छ । यी फिल्टरहरुको मूल्य १४ हजार ५ सय र १७ हजार पाँचसय रुपैया तोकिएको छ । क्लासिक रो प्लस एमएफ र क्लासिक रो प्लस युभी दुई नया उत्पादन आधुनिक टेक्नोलोजीमा निर्मित पूर्ण इलेक्ट्रोनिक फिल्टर डिभाइस रहेको कम्पनीले जनाएको छ।

रो प्रविधिबाट ६ चरणमा पानीलाई शुद्धीकरण गर्ने छ । त्यस्तै ५ लिटर टंयाकी क्षमता रहेने कम्पनीले जानकारी दिएको छ। यी फिल्टरहरुले ६ सय पीपीएम भन्दा अधिक लवणयुक्त पानीबाट १८ सय पीपीएम सम्म टिडीएस निकाली पानीलाई निर्मल पार्छ ।

सो फिल्टर पानी शुद्धीकरणको विश्वव्यापी मापदण्डमा तयार पारिएको हो ।
यी दुबै फिल्टर मर्मत एवं सम्रको लगातारको झण्झटमुक्त भएकाले उपभोक्ताहरुलाई जडान पश्चात शुद्ध पानीको प्रयोगका निम्ति सहायक हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्