Logo

काम नगर्ने ठेकेदारलाई कारवाही गर्न विकास समितिको निर्देश, जिम्मेवार कर्मचारी नचलाउ

काम नगर्ने ठेकेदारलाई कारवाही गर्न विकास समितिको निर्देश, जिम्मेवार कर्मचारी नचलाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले समयमै काम नगर्ने तथा सम्झौता अनुरुप काम नगर्ने ठेकेदारलाई कारवाही गर्न दिर्नेशन दिएको छ । कतिपय ठेकेदारले निर्माणको जिम्मा लिएर भाग्ने तथा निर्माण गरिएका काम पनि गुणस्तरहिन हुने भएकोले कारवाही गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । साथै राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्न समेत आग्रह गरेको छ ।

समितिले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवहरु तथा निर्माण व्यवसायीलाई बोलाएर सो सम्बन्धमा छलफल गरेको थियो । छलफलमा सार्वजनिक खरिद नियमावलीमा भएका प्रावधानलाई पनि आवश्यकता अनुरुप परिमार्जन गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

यसैगरी निर्माणको गुणस्तरियतामा ध्यानदिन निर्माण व्यवसायीलाई दिर्नेशन दिएको छ । कतिपय निर्माण भएका पूर्वाधारहरु गुणस्तरहिन तथा टिकाउ नभएको भन्दै प्रभावकारी कार्यान्वयनको लागि व्यवसायीको क्षमता अभिबृद्धि गर्न दिर्नेशन दिएको हो । यसैगरी, डाटावेश आधारमा प्राविधिक अडिटलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्