Logo

लगातार बढेको सुनको भाउ आज स्थिर, प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार हुँदै

लगातार बढेको सुनको भाउ आज स्थिर, प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा केहीदिनयता निरन्तर उकालो लागेको सुनको भाउ आज (बिहीबार) स्थिर रहेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।ऋष्तथ भ्हउचभकक

त्यसैगरी, आज चाँदी भाउ पनि स्थिर रहँदै १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्