Logo

दाहालले लिए प्रधानमन्त्रीको सपथ, आजै पदभार सम्हाल्ने, किन गएनन् केसी ?

दाहालले लिए प्रधानमन्त्रीको सपथ, आजै पदभार सम्हाल्ने, किन गएनन् केसी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी हुन् ।

सपथग्रहणसँगै प्रधानमन्त्री दाहालले आजै सिंहदरबार गएर पदभार ग्रहण गर्ने भएका छन् । सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।

दाहाल हिजो ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले आजबाटै दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै छन् । यसअघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए ।

यता नेपाली काग्रेसबाट मन्त्रीमण्डमा जान लागेका अर्जुननरसिंह केसीले भने सपथग्रहण नलिने भएका छन् । आफुले रोजेजस्तो मन्त्रालय नपाएपछि उनले सफथ नलिएका हुन् । उनले पार्टी सभापती शेरवहादुर देउवालाई गृह मन्त्रालय दिन आग्रह गरेपनि देउवाले विमलेन्द्र निधीलाई उपप्रधान तथा गृह मन्त्री बनाएर पढाएपछि उनले सपथ नलिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL