Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम, एकैदिन १६ सय रुपैयाँ बढ्यो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम, एकैदिन १६ सय रुपैयाँ बढ्यो



काठमाडौं । सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य एक दिनमै तोलाको १६ सय रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ थियो । बुधबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतिोला १ लाख १८ हजार १ सय ५० रुपैयाँ रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँले बढेर १ हजार ५ सय २० रुपैयाँ कायम भएको छ । मंगलरबा यसको मूल्य १ हजार ५ सय रुपैयाँमात्र थियो । अहिले विश्वको ठूलो अर्थतन्त्र भएका राष्ट्रहरुले डलरको विकल्पमा सुन राख्न थालेका छन । जसको कारण सुनको मूल्य बढेको नेपाल सुन–चाँदी व्यवसायीहरुको बुझाई छ । यसैगरी, अहिले अन्तराष्ट्रिय बजारमा देखिएको आर्थिक समस्याको कारण पनि सुन–चाँदीको मूल्य उकालो लागेको हो ।

पछिल्लो केहि वर्ष यता अमेरिका र चिन बिच पनि आर्थिक द्धन्द्ध चर्किरहेको छ । यसको असरले पनि सुनको मूल्य उकालो लागेको हो । यसैगरी, रुस र युक्रेन युद्ध र इजरायल प्यालेस्टाइनको युद्धका कारण पनि सुनको मूल्यमा वृद्धि भएको व्यवसायीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्