Logo

नेशनल माइक्रोफाइनान्सको आइपीओमा ९ अर्ब रुपैयाँ बराबरको आवेदन, ३ करोडको माग

नेशनल माइक्रोफाइनान्सको आइपीओमा ९ अर्ब रुपैयाँ बराबरको आवेदन, ३ करोडको माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उक्त सेयरमा माग भन्दा ३ सय गुणा बढी आवेदन परेको हो । ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल मार्कटसले जानकारी दिएको छ ।

सेयर निष्काशन भएको पहिलो दिन नै मागभन्दा ३५ गुणा र दोस्रो दिन ४९ गुणा बढी आवेदन परेको थियो । कम्पनीको सेयरमा न्युनतम ५ हजार रुपैंयादेखि अधिकतम १० लाख रुपैंयासम्मको आवेदन दिन सकिनथ्यो ।

धादिङमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजीमध्ये ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता सर्बसाधारणमा जारी गरेको हो । साधारण सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । हाल ७ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ ।

प्रतिक्रिया दिनुहोस्