Logo

रसिया-युक्रेन युद्धमा धमाधम ज्यान गुमाउँदै नेपाली युवा : रुसी सेनामा भर्ती भएका चारको मृत्यु, दूतावासद्धारा तीन जनाको मृत्यु पुष्टि

रसिया-युक्रेन युद्धमा धमाधम ज्यान गुमाउँदै नेपाली युवा : रुसी सेनामा भर्ती भएका चारको मृत्यु, दूतावासद्धारा तीन जनाको मृत्यु पुष्टि



काठमाडौँ । रुसी सेनामा भर्ती भएका चार जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । रुसी सेनामा चार नेपाली मारिएको खबर बाहिरिएको भए पनि त्यहाँस्थित नेपाली दूतावासले भने तीन जनाको मृत्यु मात्र पुष्टि गरेको छ ।

दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गतकात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ ।

केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका थिए । ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्