Logo

रूसी सेनामा कार्यरत अर्का नेपाली युवा राजकुमार रोक्काको मृत्यु

रूसी सेनामा कार्यरत अर्का नेपाली युवा राजकुमार रोक्काको मृत्यु



काठमाडौँ । रूसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।

नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनको मृत्युबारे थप विवरण आउन प्राप्त हुन बाँकी नै छ ।

यसअघि रुसी सेनामै भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको थियो । युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा केही महिनाअगाडि मात्र नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्