Logo

लगातार बढ्दै सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम

लगातार बढ्दै सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ । सोमबार एकैदिन प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च पुगेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँ प्रतितोलाले बढेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो सोमबारकै मूल्य बराबर हो ।

प्रतिक्रिया दिनुहोस्