Logo

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज (मंगलबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL