Logo

बोतलको पानीमा भेटियो माकुरा, सबै पानी नष्ट गर्न काठमाडौं महानगरपालिकाकाे निर्देशन, १ लाख जरिवाना

बोतलको पानीमा भेटियो माकुरा, सबै पानी नष्ट गर्न काठमाडौं महानगरपालिकाकाे निर्देशन, १ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको बोतलमा कीरा भेटिएपछि महानगरपालिकाले उक्त कम्पनीलाई जरिवाना तिराएको हो ।
यस्तै महानगरपालिकाले कम्पनीलाई यो लटको बजारमा गईसकेको सबै पानी र स्टकमा रहेको पानीसमेत नष्ट गर्न निर्देशन दिएको छ ।

कम्पनीले यसो नगरी बजारमा पुनः पानी विक्री वितरण गर्न नपाउने चेनावनीसमेत महानगरपालिकाले कम्पनीलाई दिएको छ । यसअघि नेपाल प्रहरीको क्यान्टीनमा क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा माकुरा भेटिएपछि काठमाडौं महानगरपालिकामा उजुरी गरिएको थियो । सोही उजुरीका आधारमा महानगरपालिकाले जाँच, जरिवाना र चेनावनीसमेत दिएको हो ।

कम्पनीलाई पानी भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशनसमेत महानगरले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्