इमिरेट्स एयरलाइन्सको विमान दुवई एयरपोर्टमा बुधबार दुर्घटनाग्रस्त भएको छ । २ सय ७५ यात्रु र चालकदलका सदस्य रहेको जहाजमा दुवई एयरपोर्टमा दुर्घटनाग्रस्त भएको हो ।
विमान आकस्मिक अवतरण गर्नुअघि आगो लागेको थियो। इमिरेट्सको बोइङ ७७७ बिमान बुधबार दिउँसो पौने १ बजे दुवई एयरपोर्टमा ल्याण्ड गरेलगत्तै आगो लागेको थियो ।
भारतको केरलास्थित त्रिभेन्द्रम एयरपोर्टबाट उडान भरेको विमानको ल्याण्डिङ गियरले काम नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो। साथै कुनै पनि यात्रुहरु घाइतेसमेत भएका छैनन्।
दुवई बिमानस्थलका सबै उडान तथा अवतरण अनिश्चित समयका लागि बन्द गरिएको छ।एजेन्सि