Logo

दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३६३ विपक्षमा २१० मत

दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३६३ विपक्षमा २१० मत


बिजखबर संवाददाता
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज नेपालको ३९ औं प्रधानमन्त्री बनेका छन् । संविधानको धारा २९८ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका हुन् ।

कुल ५ सय ७३ मत खसेकोमा दाहालको पक्षमा ३ सय ६३ मत खसको थियो भने विपक्षमा अर्थात उनको विरोधमा २ सय १० मत खसेको थियो । बहुमतको आधारमा प्रधानमन्त्री हुन २ सय ९८ मत चाहिनेमा उनले ३ सय ६३ मत पाएका हुन् ।

दाहाल नेपाली काङ्ग्रेस–माओवादी केन्द्र–मधेशी मोर्चाको गठबन्धनमा प्रधानमन्त्री बनेका हुन् ।

२०११ सालमा कास्कीमा जन्मिएका दाहाल हाल चितवनको स्थायी वासिन्दा हुन् । १० वर्ष भुमिगत राजनीति गरेका दाहाल बृहत शान्ति सम्झौतासँगै उनी राष्ट्रिय राजनीतिमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्