Logo

सुनको भाउ इतिहासकै उच्च, एक तोलाकै लागि १ लाख १७ हजार ४ सय खर्चिनुपर्ने

सुनको भाउ इतिहासकै उच्च, एक तोलाकै लागि १ लाख १७ हजार ४ सय खर्चिनुपर्ने



काठमाडौं । सोमबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १७ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि गत कात्तिक ११ गते छापावा सुनको भाउ १ लाख १७ हजार पुगेको थियो । सोमबार सुनको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । गत कात्तिक ११ गते यस्तो सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ थियो ।

गत कात्तिकमा मूल्यमा नयाँ इतिहास कायम गरेको सुनको मूल्यले मंसिर महिनामा फेरि नयाँ रेकर्ड कायम राख्न थालेको छ । सोमबार चाँदीको मूल्य पनि १ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत कात्तिक ११ गते चाँदी १ हजार ४ सय १५ रुपैयाँमात्र थियो ।

अहिले विश्वको ठूलो अर्थतन्त्र भएका राष्ट्रहरुले डलरको विकल्पमा सुनको स्टक गर्न थालेका छन । जसको कारण सुनको मूल्य बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन । यसैगरी, अहिले अन्तराष्ट्रिय बजारमा देखिएको आर्थिक समस्याको कारण पनि सुन–चाँदीको मूल्य उकालो लागेको हो ।

पछिल्लो केहि वर्षयता अमेरिका र चीनबीच पनि आर्थिक द्धन्द्ध चर्किरहेको छ । यसको असरले पनि सुनको मूल्य उकालो लागेको शाक्य बताउँछन । यसैगरी, रुस र युक्रेन युद्ध र इजरायल प्यालेस्टाइनको युद्धका कारण पनि सुनको मूल्यमा वृद्धि भएको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL