Logo

आज पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्री बन्दै

आज पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्री बन्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज नेपालको ३९ औं प्रधानमन्त्री बन्ने भएका छन् । संविधानको धारा २९८ को उपधारा ३ अनुसार ११ बजेपछि पुनः नेपालको प्रधानमन्त्री बन्न लागेका हुन् । यस अघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए ।

प्रधामन्त्रीका लागि हिजो दाहालको मात्र उम्मेदवारी परेपछि आज उनी प्रधानमन्त्री बन्ने निश्चित भएका हुन् । प्रचण्ड नेपाली काङ्ग्रेस–माओवादी केन्द्रको गठबन्धनमा प्रधानमन्त्री बन्न लागेका हुन् ।

दाहाल प्रधानमन्त्री बन्नका लागि २ सय ९८ मत आवश्यक पर्छ । काङ्ग्रेस–माओवादी गठबन्धनको साथ भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ । तर, प्रतिपक्षमा बस्ने निर्णय गरेको एमालेले भने आफ्नो उम्मेदवार उठाएको छैन । एमालेले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । केही मधेशी दलपनि दाहालको विपक्षमा देखिने भएका छन् ।

२०११ सालमा कास्कीमा जन्मिएका दाहाल हाल चितवनको स्थायी वासिन्दा हुन् । १० वर्ष भुमिगत राजनीति गरेका दाहाल बृहत शान्ति सम्झौतासँगै उनी राष्ट्रिय राजनीतिमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL