Logo

सुनको भाउ प्रतितोला १ लाख १७ हजार नजिक, यो महिनाकै उच्च मूल्यको रेकर्ड

सुनको भाउ प्रतितोला १ लाख १७ हजार नजिक, यो महिनाकै उच्च मूल्यको रेकर्ड



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो । गत कात्तिक १३ गते १ लाख १६ हजार ५ सय रुपैयाँ मूल्य कायम भई रेकर्ड बनेको सुनको मूल्यमा आइतबारको वृद्धिले यो महिनाकै नयाँ रेकर्ड बनेको हो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्