Logo

प्रभु इन्स्योरेन्स २१ औं वर्षमा, सवै कारोवार अनलाईन पद्दतिमा

प्रभु इन्स्योरेन्स २१ औं वर्षमा, सवै कारोवार अनलाईन पद्दतिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी दिनमा थप नयाँ शाखा तथा उपशाखा स्थापना गर्ने भएको छ । आफ्नो सेवालाई जनस्तरसम्म पुर्याउने उद्देश्य अनुरुप नयाँ शाखा विस्तार गर्न लागिएको इन्स्योरेन्सका उपाध्यक्ष राजेन्द्र मल्लले बताए । ‘हाल कम्पनीले दुर्गम जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिँदै आएको छ,’ इन्स्योरेन्सको वीसौं वार्षिकोत्सवको अवसरमा मल्लले भने, ‘आफ्नो सेवा विस्तारका लागि अन्य स्थानमा पनि शाखा खोल्दैछौं ।’ हाल कम्पनीको केन्द्रिय कार्यलय सहि १९ शाखा रहेका छन् ।

कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले प्रतिस्प्रधात्मक बजारमा आफूहरु अघि बढिरहेको बताए । ‘गत वर्षको महाभुकम्प, अघोषित नाकाबन्दी तथा मधेश आन्दोलनलगायतले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने, ‘तसर्थ कम्पनीले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सम्पूर्ण कारोवार अनलाईन पद्धतिबाट संचालन गर्दै आएको छ ।’ साथै आगामी दिनमा अझ बढि सुविधाजनाक बनाउँदै मुलुकमा छरिएर रहेका सहकारी संस्थामार्फत अनलाईन प्रिमियम भुक्तानीको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL