Logo

५० प्रतिशत भुकम्प पिडितसँग अनुदान सम्झौता, ४० हजारले पाए प्रथम किस्ता

५० प्रतिशत भुकम्प पिडितसँग अनुदान सम्झौता, ४० हजारले पाए प्रथम किस्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले ५० प्रतिशत भुकम्प पिडितसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरेको छ । २०७२ बैशाखमा आएको भुकम्पले ५ लाख ३३ हजार घरपरिवार घरविहिन भएकोमा सरकारले हिजोसम्ममा २ लाख ८२ हजार ८ सय परिवारसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरिसकेको छ ।

सरकारले अति भुकम्प प्रभावित १२ जिल्लामा अनुदान सम्झौता कार्य अघि बढाएको छ । ती जिल्लाका झण्डै ४० हजार घर परिवारलाई घर निर्माणको लागि पहिलो किस्ता उपलब्ध गराइसके संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ ।

अनुदान सम्झौताको क्रममा १ लाख ८ हजारभन्दा बढी गुनासो संकलन गरेको छ । कतिपय पिडितको आफ्नो नाममा जग्गा धनी लालपुर्जा नभएको, कतिपय एउटै घरमा वसेकाले सम्झौता गर्न समस्या परेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL