Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हाे। बिहीबार नेपाली बजारमा प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्