Logo

आज बसेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

आज बसेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने सहितक बिभिन्न निर्णय गरेको छ ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिएकी हुन् ।

२०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४।४६५ मिलियन ९करिव ६५ करोड० अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।
४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५. उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL