Logo

विश्वकप छनोटमा आज नेपाल र यमनबीच भिडन्त, दर्शकलाई निःशुल्क बसको ब्यवस्था

विश्वकप छनोटमा आज नेपाल र यमनबीच भिडन्त, दर्शकलाई निःशुल्क बसको ब्यवस्था



काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । सोमबार आयोजित प्रि(म्याच कन्फेरेन्समा बोल्दै उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए ।

आजको यस खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

दर्शकलाई निःशुल्क बसको ब्यवस्था

आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । ‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्छ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्