Logo

भुकम्प पछि ३४ प्रतिशतले बढ्यो निर्जीबन बीमा, हेर्नुहोस कसले कति गरे ?

भुकम्प पछि ३४ प्रतिशतले बढ्यो निर्जीबन बीमा, हेर्नुहोस कसले कति गरे ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा घर तथा अन्य निर्जीबन बीमा गर्ने क्रम बढेको छ । गत बैंशाखमा आएको भुकम्पसँगै बीमा गर्ने क्रम बढेको सम्बद्ध बीमा कम्पनीहरुको भनाइ छ ।
बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा निर्जीबन बीमा गर्ने क्रम झण्डै ३४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपालमा निर्जीबन बीमा कम्पनीले कुल ११ अर्ब २० करोड ५३ लाख रुपैयाँ बीमा शुल्क उठाएकोमा आव २०७२/७३ मा ३३ दशमलव ८४ प्रतिशतले बृद्धि गर्दै १४ अर्ब ९९ करोड ६९ लाख उठाएका छन् ।

रकमको हिसावले गत आवमा सवैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा गराएको छ । शिखरले गत आवमा आफ्नो कुल व्यवसाय ४७ दशमलव ६८ प्रतिशतले बढाउँदै कुल २ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क उठाउन सफल भएको छ । तर, प्रतिशतको आधारमा हेर्दा भने एनवी इन्स्योरेन्सले आफ्नो व्यवसाय उक्त रुपमा बढाएको छ । एनबीलाई नयाँ व्यवस्थापनले लिएसँगै आफ्नो व्यवसायमा ७ हजार प्रतिशतभन्दा बढीले बृद्धि गरेको देखिन्छ । आव २०७१/७२ मा कुल ४७ लाख रुपैयाँको बीमा गराएको एनबीलाई आईएमई ग्रूपले लिएसँगै व्यवसाय उच्च रुपमा बढाएर गत आवमा ३५ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क पुर्याएको छ ।

गत आर्थिक वर्षमा सवै बीमा कम्पनीको कारोवार उल्लेख्य रुपमा बढ्दा नेपाल इन्स्योरेन्सको भने घटेको छ । आव २०७२/७३ मा नेपाल इन्स्योरेन्सको कारोवारमा ३ दशमलव ३१ प्रतिशतले गिरावट भई कुल ७३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क उठाएको तथ्याङ्कमा उल्लेख छ ।

गत आवमा हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो व्यवसाय २५ प्रतिशतले बढाएर १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क उठाउन सफल भएको छ । प्रिमियम इन्स्योरेन्सले पनि कुल व्यवसायलाई ३६ प्रतिशतले बढाउँदै १ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क उठाएको छ । त्यसैगरी एनएलजी इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले पनि आफ्नो व्यवसायलाई क्रमश २२ र १९ प्रतिशतले बढाएर १ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क उढाएका छन् ।

यसैगरी आव २०७१/७२ मै १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क उठाउन सफल भएको सगरभाथा इन्स्योरेन्सले भने आफ्नो व्यवसायलाई ९ प्रतिशतले बढाएर कुल १ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क उठाएको तथ्याङ्कले देखाएको छ । साथै राष्ट्रिय बीमा संस्थानबाट छुटेर अलग बनेको राष्ट्रिय बीमा कम्पनीले पनि पहिलो बर्षमै ८६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ ।

non_life_insurance

प्रतिक्रिया दिनुहोस्