Logo

उद्धारकार्यमा हेलिकप्टर खटाउन विकास समितिको निर्देशन, राहत वितरणमा विलम्ब नगर

उद्धारकार्यमा हेलिकप्टर खटाउन विकास समितिको निर्देशन, राहत वितरणमा विलम्ब नगर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिकका संसदको विकास समितिले देशमा भइरहेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै उद्धारका लागि हेलिकप्टर तैनाथ अवस्थामा राख्न दिर्नेशन दिएको छ । बाढी पहिरोबाट जनताको विचल्ली भएको भन्दै उद्धारका लागि हेलिकप्टर परिचालन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका अध्यक्ष रविन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरोबाट प्रभावितको यथार्थ लगत संकलन गरी बिस्थापित परिवारको गाँस, बास र लत्ताकपडाको उचित व्यवस्थापन गर्न र आहत परिवारलाई समय अनुसारको उपयुक्त राहत रकम दिन समेत दिर्नेशन दिएको छ । वर्षाबाट तराइ तथा पहाडमा जनधनको क्षति हुने भएकाले सामुदायिक एफएमलगायतका मिडियाहरुबाट मनसुनको पूर्व जानकारी प्रचार–प्रसार अभियान सञ्चालन गर्न तथा जोखिमपूर्ण स्थानहरुमा रहेका मानव वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तत्काल अघि बढाउन आग्रह गरेको छ ।

यसैगरी बाढी पहिरोबाट देशको भौतिक संरचना, पुल, बाटोघाटो आदिको क्षतिबाट जनजीवनमा पर्न सक्ने कठिनाईलाई तत्काल समाधान गर्न र भविष्यमा हुनसक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न उपयुक्त स्थानहरुमा आवश्यक डोजर, स्काभेटर र बेलीवृजजस्ता उपकरण तथा विशेष प्रकोप उद्धार मेशिन तयारी अवस्थामा राख्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

साथै वर्षात तथा प्राकृतिक प्रकोपको समयमा फिल्डमा परिचालित हुने कर्मचारीलाई हाल रहेको ७ दिनको काजमा खटाउने व्यवस्थालाई आवश्यकता अनुसार अवधिका लागि भ्रमण काजमा खटाउन सकिने व्यवस्था मिलाउन समेत मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्