Logo

विश्वकप क्रिकेट विजेता टोलीले ५२ करोड नगद पाउने, हार्नेले पनि प्राप्त गर्नेछ २७ करोड

विश्वकप क्रिकेट विजेता टोलीले ५२ करोड नगद पाउने, हार्नेले पनि प्राप्त गर्नेछ २७ करोड



काठमाडौं । क्रिकेट विश्वकपको फाइनल खेल आज भारतमा हुदैँछ । भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् । भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । फाइनल खेल आइतवार अर्थात १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यस खेलका लागि पिचदेखि प्लेइङ ११ सम्म विभिन्न पक्षमा छलफल भइरहेको छ । यसैबीच आईसीसीले यस विश्वकपका लागि कुल ८२ करोड भारतीय रुपैयाँको पुरस्कार राशि घोषणा गरेको छ । यस प्रतियोगितामा हार्ने टोलीमा पनि करोडौं रुपैयाँको वर्षा हुनेछ । त्यसोभए हामी तपाई थाहा दिनेछौं कि कुन टोलीले कति पैसा पाउनेछ ।

विश्वकपको विजेताले ३३ करोड भारतीय रुपैयाँ (नेपाली ५२ करोड ८ लाख रुपैयाँ बराबर) पुरस्कार पाउने छ भने फाइनलमा हार्ने टोलीले १६ करोड ६५ लाख (नेपाली २६ करोड ६४ लाख रुपैया) मा चित्त बुझाउनु पर्नेछ । समूह चरणमा प्रत्येक टोलीले ९–९ खेल खेलेका छन् । यस राउण्डमा प्रत्येक खेल जित्ने टोलीले ४० हजार डलर अर्थात करिब ३३ लाख १७ हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक टोलीले यो रकम छुट्टाछुट्टै पाउने छ। पूरै प्रतियोगितामा प्रत्येक खेल जितेको टोलीले यो रकम प्राप्त गर्नेछ। उदाहरणका लागि, यदि कुनै टोलीले १० खेल जित्छ भने, उसलाई ३.३१ करोड भारतीय रुपैयाँ छुट्टै रकम दिइनेछ। त्यसैगरी समूह चरणबाट बाहिरिएका टोली अर्थात सेमिफाइनलमा पुग्न नसकेका ६ टोलीलाई १ लाख डलर अर्थात करिब ८२ लाख रुपैयाँ दिइने छ । यस बाहेक सेमिफाइनलमा हार्ने टोली दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई ८.८ लाख डलर अर्थात् करिब ६ करोड ६३ लाख रुपैयाँ दिइनेछ ।

कुल रकमको कुरा गर्ने हो भने बिजेता र उपविजेता टिमले पनि प्रत्येक खेल जित्दा छुट्टाछुट्टै रकम पाउनेछन् । अर्थात्, यदि टीम इन्डिया विश्व च्याम्पियन बन्यो भने ३३.१७ करोडको पुरस्कार राशिबाहेक उसले ११ खेल जित्ने रकम पनि पाउने छ । ३३.१७ लाख गुणा ११ अर्थात् भारतले कुल ३७.३८ करोड रुपैयाँ जित्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
MBL