Logo

सर्वाेच्चमा टिकटक प्रतिवन्ध विरुद्धका ८ रिट दायर, सोमबार सुनुवाई

सर्वाेच्चमा टिकटक प्रतिवन्ध विरुद्धका ८ रिट दायर, सोमबार सुनुवाई



काठमाडौं । कानुन व्यवसायीहरुले टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा ८ रिट दायर गरेका छन् । कार्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तिहार विदाको दोस्रो दिन शुक्रबारसम्म सरकारको उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा ८ रिट निवेदन दायर भएका हुन् ।

सर्वाेच्च अदालतले भने यी रिटमा आगामी सोमबार सुनुवाई हुनेगरी पेशी तोकेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुनीलरञ्जन सिंह, सरिता थापा लगायतले सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए । कानुन व्यवसायीहरुले सरकारी निर्णय तत्काल खारेजका लागि अन्तरिम आदेश नै माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्