काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राजेशकुमार श्रेष्ठलाई नै निरन्तरता दिइएको छ । एसियनको बोर्ड संचालक समितिको शुक्रवारको निर्णयले उनलाई निरन्तरता दिएको हो ।
बोर्डको निर्णयसँगै श्रेष्ठलाई ४ वर्षको समय थप गरिएको छ । जस अनुसार यही साउन २१ गतेदेखि ४ वर्षसम्मका लागि समय थप गरिएको हो ।