Logo

रवि लामिछानेको प्रश्न-टिकटक बन्द गर्ने निर्णय सरकारको होकी माओवादीको हो ?

रवि लामिछानेको प्रश्न-टिकटक बन्द गर्ने निर्णय सरकारको होकी माओवादीको हो ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा सरकारले बन्द गरेको बताएका छन् । टिकटकका सबै प्रयोगकर्ता खराब नभएको बताउदै लामिछानेले कन्टेन्ट समस्या भएकोमा प्लेटफर्म बन्द गर्न नहुने बताएका हुन् ।

उनले भनेका छन्- ‘ सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होईन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ ।’

साथै लामिछानेले टिकटक बन्द गर्ने निर्णय सरकारको होकी माओवादी केन्द्रको मात्र हो भन्दै प्रश्न समेत गरेका छन् । उनले सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ नबुझिएको बताउदै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL