Logo

काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने, नगर प्रहरीद्वारा सुरक्षा पेट्रोलिङको व्यवस्था

काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने, नगर प्रहरीद्वारा सुरक्षा पेट्रोलिङको व्यवस्था



काठमाडौं । यो बर्ष तिहारमा काठमाडौं महानगरपालिकाभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने भएको छ । यसअघि प्रत्येक बर्ष सुरक्षाको कारण देखाउँदै ९ बजेसम्म मात्रै खेल्न दिईने देउसी यो बर्ष राती १ बजेसम्म खेल्न दिईने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।

यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाईएको उनले बताएका छन् ।

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न उनले आग्रहसमेत गरेका छन् ।

यस्तै काठमाडौं महानगरपालिले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध पनि सोही अनुसार मिलाईदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्