Logo

धनतेरसकै दिन १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

धनतेरसकै दिन १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?



काठमाडौं । आज धनतेरसकै दिन सुनको मूल्य नेपाली बजारमा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले उकालो लागेको छ । बिहीबार नेपाली बजारमा प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १४ सय रुपैयाँ पुगेको हो । खासगरी आज सुनचाँदीका गहना र चाँदीका भाँडाकुँडा भित्र्याउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्