Logo

चेम्वर पदाधिकारी र युएईका राजदुतवीच भेट, नेपालमा लगानी गर्न इच्छुक

चेम्वर पदाधिकारी र युएईका राजदुतवीच भेट, नेपालमा लगानी गर्न इच्छुक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.)विचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नसइदहमदान अल नकीवीलाई आग्रह गरेका छन् ।

नेपालका लागि संयुक्त अरव इमिरेटसका नवनियुक्त राजदूत र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी विच आज नेपाल चेम्वर अफ कमर्समा भएको भेटघाटका अवसरमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिँदै कार्यकालमा दुई देशविचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण विकास हुने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले गत वर्षको भूकम्प पश्चात पुर्नस्थापना र पुर्ननिर्माणका लागि नेपालमा पूजीं र प्रविधिको आवश्यकता रहेको जानकारी दिए । साथै नेपालमा संयुक्त अरव इमिरेट्सको पूजीं र प्रविधि भित्र्याउन अनुरोध समेत गरे । उनले नेपालबाट निर्यात हुने बस्तुहरुको प्रवद्र्धनमा समेत रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफकमर्सले सेप्टेम्वर २३ देखि २७ तारेखसम्म आयोजना गर्ने नेपाल चेम्वर एक्सपो २०१६ मा सहभागी हुन आग्रह गरेका थिए । भेटमा राजदूत अल नकवीले देश विचको आर्थिक–सामाजिक विकासमा आफूले सक्दो प्रयास गर्ने बताए । नेपालमा व्यापार, लगानी, पर्यटन, जलश्रोत उर्जा, कृषिलगायत प्रविधिमा संयुक्त अरव इमिरेट्सका निजी क्षेत्रमा लगानी गर्न त्यहाँका निजी क्षेत्र इच्छुक रहेको बताए ।

उनले दुई देश विचको दोहोरो कर हटाउन आवश्यक रहेको बताउंदै, हवाई क्षमताविस्तार गर्न र कार्गाे सेवालाई प्रभावकारी बनाउन विशेष ध्यान दिन अनुरोध गरे ।

राजदूतले दुई देश विचको आर्थिक सामाजिक सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुदां उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए । भेटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल,सचिव सन्तोष कुमार पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्