काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो ।
नेपाल बैंकले एक उपप्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गर्दै विज्ञापन गरेको हो ।
बैंकको सहायक पदसम्ममा दरखास्त आवेदन माग गरेमा स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्ने बताइएको छ ।